समाचार

    Showing 24,941-24,950 of 26,052 items.
  • लागूऔषध गाँजा सहित दुई जना पक्राउ

    मोरङ / उदयपुरको बेलका नगरपालिका ८ कोठूबाट प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ८ का २६ वर्षीय नविन्द्र राई र २३ वर्षीय हेमराज राई रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट परिचालन भएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बलेरोको चेकजाँच गर्ने क्रममा हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । भेटिएको गाँजाबारे सोधपुछ गर्दा उक्त गाँजा नविन्

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 74 पटक पढिएको
  • ब्राउन सुगर सहित एक जना पक्राउ

    मोरङ / विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे -६ बस्ने २३ वर्षीय निरज गोडी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट परिचालन भएको प्रहरी टोलीले उनलाई आइतबार बेलुका साढे ४ बजे ब्राउन सुगर ८ ग्राम सहित नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 94 पटक पढिएको
  • म्याद गुज्रेका सामान भएको गोदाममा प्रहरीको छापा

    काठमाण्डौ / देशकै ठूला चेन डिपार्टमेन्टल स्टोरहरू भाटभटेनी , बिगमार्ट र सेल्स बेरीका लेवल समेत भएका म्याद गुज्रिएका सामाग्री भण्डारण गरेको गोदाममा प्रहरीले छापा मारेको छ । प्रहरीले आइतबार काठमाण्डौको सानो भर्याङमा रहेको एक गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री भेला गरी बिक्री गर्ने गरेको समेत खुलेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र वाणिज्य विभागको टोलीले म्याद गुज्रिएका कस्मेटिक सामाग्रीको गोदाममा छापा मारी म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री वितरणमा संलग्न अभिनास अग्रवाल र महावीर गुज्जरलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण क

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 79 पटक पढिएको
  • करछलीमा संलग्न भन्सार कर्मचारीमाथि भएन कारवाही

    विराटनगर / भन्सार कार्यालय भन्सार कर्मचारीका लागि कमाउने अखडा अर्थात मालदार कार्यालयका रुपमा चिनिने गरेको छ । गत वैशाख यता विराटनगर स्थित भन्सार कार्यालय पटक पटक कर छलीका घटनामा जोडिन थालेको छ । भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने गरेको भन्सार छलीमा संलग्न कर्मचारीमाथि कारवाही नहुँदा पूर्वका उद्योगी व्यवसायीले समेत मौका छोपेर सोही नाकाबाट सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रदेश एककै ठुलो भन्सार कार्यालय मानिएको विराटनगर भन्सार कार्यालयबाट हुने करछलीको घटनामा संलग्न गिरोहले पनि कारवाहीमा सरकारले देखाएको उदासिनताको फाइदा उठाउँदै सोही नाकाबाट हुने कामलाई जारी राखेको छ ।&nb

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 100 पटक पढिएको
  • टेलिकममा आन्दोलन जारी

    काठमाडौँ / सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।     साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्ने लगायत ३२ सूत्रीय माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु भएको आन्दोलनमा सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निर्णय

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 70 पटक पढिएको
  • ताप्लेजुङका विशेष लिम्बुको समुह काठमाण्डौबाट पक्राउ

    काठमाण्डौ / मोटरसाइकल चोरीमा संलग्न ताप्लेजुङका विशेष लिम्बु सहितको समुहलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेकोे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिको मोटरसाइकल सहित लिम्बुको गिरोहमा संलग्न तिन जनालाई पक्राउ गरेको हो ।सादा पोषाकमा खटिएका ट्राफिक प्रहरीले लिम्बुसहित चोरीमा संलग्न रामेछापका  दीपेन्द्र भुजेल र धनुषाका विकल थापालाई पक्राउ गरेको हो । उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।भक्तपुरका वासुदेव खड्काको घर क्षेत्रबाट २०७६ सालदेखि  हराएको मोटरसाइकल नम्वर परिवर्तन गरी राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । काठमाण्डौको पशुपति क्षेत्रबाट ह

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 107 पटक पढिएको
  • कर्णालीमा डुंगा पल्टिंदा तीन बेपत्ता, दुई घाइते

    कैलाली / कैलालीको मोहन्याल गाउँपालिका –३ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा रहेका छन् । डुङ्गामा १० जना सवार थिए । सबै जना काठको डुङ्गामा रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन चौकुने गाउँपालिका –४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए । सबार पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर बेपत्ताको खोजी भइरहेको

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 82 पटक पढिएको
  • कोरोना खोपको व्यापक दुरुपयोग

    बिर्तामोड / कोरोना विरुद्ध जारी खोप अभियानमा खोपको व्यापक दुरुपयोग हुन थालेको छ  । संघीय राजधानी काठमाण्डौ , चितवन र नेपालगन्ज सहितका ठाउँमा सरकारी अधिकारी र जनप्रतिनिधिको मिलेमतोमा आफू निकटलाई मापदण्ड विपरीत खोप दिइएको भनेर आलोचना भईरहेका बेला प्रदेश एकमा पनि खोप दुरुपयोग भएका विषय सार्वजनिक भएका छन् ।कोरोना नियन्त्रण, उपचार र खोपका कारण सरकारको आलोचना भईरहेका बेला उपलब्ध भएका खोप समेत दुरुपयोग हुन थालेको छ । प्रदेश एकमा प्रदेश सरकारकै अधिकारी र स्थानीय सरकारका प्रतिनिधिको संलग्नतामा खोपको दुरुपयोग भएको

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 375 पटक पढिएको
  • मेलम्चीको बाढीले फेरि ठुलो क्षति

    मेलम्ची / सिन्धुपाल्चोकको मेलम्ची नदिमा आएको बाढीले तटीय क्षेत्र प्रभावित बनेको छ । यसअघिको बाढीको क्षति भुल्न नसकेका स्थानीय थप भयवित र त्रसित बनेका छन् ।शनिबार राति आएको बाढीले रेडियो मेलम्चीको भवन , झोलुङ्गे पुल र सर्वसाधारणको घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शनिवार रातीको बाढीले रेडियो मेलम्चीको भवन नै बगाएको छ ।बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ । मेलम्चीमा बाढीको सम्भावना कायम रहेकाले तटीय क्षेत्रमा बसोवास गर्नेलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।यसअघि गत असार १ गते आएको बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरे

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 189 पटक पढिएको
  • अब प्रहरीमा थप तीन नयाँ दर्जा

    बिर्तामोड / बढुवाका कारण तल्लो दर्जाका प्रहरीले वर्षौ कुर्नुपर्ने समस्या हल गर्नका लागि प्रहरीको वर्तमान नेतृत्वले थप तिन नयाँ दर्जा थप्नका लागि गृहकार्य अघि बढाएको छ ।प्रहरी प्रधान कार्यालयले तल्लो तहमा देखिएको बढुवाको समस्या हल गर्नका लागि तयार पारेको तिन नयाँ दर्जा थपको प्रस्तावमा गृहमन्त्रालयले सहमति जनाएसँगै यो प्रकृया अघि बढेको छ । दर्जा थपको प्रस्तावमा जवान र हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार अनि सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सई भनेर ३ वटा दर्जा थप्ने तयारी भएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ । सबैभन्दा तल्लो पद परिचरको हकमा भने सेवासु

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.