मोरङ / विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे -६ बस्ने २३ वर्षीय निरज गोडी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट परिचालन भएको प्रहरी टोलीले उनलाई आइतबार बेलुका साढे ४ बजे ब्राउन सुगर ८ ग्राम सहित नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।