काठमाण्डौ / मोटरसाइकल चोरीमा संलग्न ताप्लेजुङका विशेष लिम्बु सहितको समुहलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेकोे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिको मोटरसाइकल सहित लिम्बुको गिरोहमा संलग्न तिन जनालाई पक्राउ गरेको हो ।

सादा पोषाकमा खटिएका ट्राफिक प्रहरीले लिम्बुसहित चोरीमा संलग्न रामेछापका  दीपेन्द्र भुजेल र धनुषाका विकल थापालाई पक्राउ गरेको हो । उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

OM Sai Pathibhara Hospital


भक्तपुरका वासुदेव खड्काको घर क्षेत्रबाट २०७६ सालदेखि  हराएको मोटरसाइकल नम्वर परिवर्तन गरी राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । काठमाण्डौको पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको महाशाखाले जनाएको छ ।

चोरीका मोटरसाइकल सहित पक्राउ परेका तिनै जनालाई थप अनुशन्धान र कारवाहिका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको महाशाखाले जनाएको छ । गत वर्ष हराएका ३ सय ९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।