कैलाली / कैलालीको मोहन्याल गाउँपालिका –३ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा रहेका छन् । 

OM Sai Pathibhara Hospital

डुङ्गामा १० जना सवार थिए । सबै जना काठको डुङ्गामा रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन चौकुने गाउँपालिका –४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए ।

सबार पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगेर बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।