काठमाण्डौ / देशकै ठूला चेन डिपार्टमेन्टल स्टोरहरू भाटभटेनी , बिगमार्ट र सेल्स बेरीका लेवल समेत भएका म्याद गुज्रिएका सामाग्री भण्डारण गरेको गोदाममा प्रहरीले छापा मारेको छ । 

प्रहरीले आइतबार काठमाण्डौको सानो भर्याङमा रहेको एक गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री भेला गरी बिक्री गर्ने गरेको समेत खुलेको छ । 

OM Sai Pathibhara Hospital

a

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र वाणिज्य विभागको टोलीले म्याद गुज्रिएका कस्मेटिक सामाग्रीको गोदाममा छापा मारी म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री वितरणमा संलग्न अभिनास अग्रवाल र महावीर गुज्जरलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् ।

cc

पक्राउ परेका अग्रवाल र गुज्जरले म्याद गुज्रिएका सामाग्रीमा नयाँ लेभल टाँसेर बिक्री गर्ने गरेको खुलेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

b

बरामद सामग्रीमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, र सरसफाइमा प्रयोग हुने सामाग्री करिब एक करोड मूल्यको बरामद भएको महाशाखाले जनाएको छ ।