काठमाडौँ / असार पहिलो हप्तासम्म सम्पन्न गर्ने भनिएको राष्ट्रिय जनगणनाको काम कोरोनाका कारण स्थगित भएपछि पुन: कहिले संचालन गर्ने भन्ने अन्योल भएको छ । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । जनगणना पुन: संचालन गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गर्नु पर्ने हुदाँ कहिले संचालन गर्ने अन्योल भएको हो ।राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्याङ्क विभागको ३३ जिल्लामा कार्यालय रहेको र जनगणनाको तयारीस्वरूप देशभर आठ हजार ५ सय सुपरिवेक्षकलाई तालिम सम्पन्न भएको थियो। जनगणनाका लागि आवश्यक सामान ७७ जिल्लाका ८७ कार्यालयमा पुगेक
दमौली / कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका –१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।जिल्ला अदालतले २०६० वैशाख ११ गते सार्कीलाई जन्म कैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।सार्कीले टीका थापालाइ जबर्जस्ती करणी गर्दा गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए ।
उदयपुर / उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका –८ का ३० वर्षीय चन्द्र बहादुर रिखाम मगर रहेका छन् । मगर बुधबार पुवारे भञ्ज्याङ गएका थिए । आज बिहान सम्म पनि घर नआए पछि आफन्तले खोजतलास गर्दै जाँदा पुवारे भञ्ज्याङको भिरमा मगरको लाश फेला परेको प्रहरीले जनाएको छ ।
इनरुवा / सुनसरीको कोशी गाउँपालिका– ४ मा जङ्गली हात्तीको आक्रमणबाट परी एक जनाको मृत्यु भएको छ । ५५ वर्षीय रामेखङ खत्वेको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहीबार बिहान शौच गर्न गएको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । खत्वेको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ ।
पर्वत / सोह्र वर्षकी छोरीलाई हाडनाता करणी गरेको अभियोगमा जिल्ला प्रहरी पर्वतले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पीडितका ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बलात्कार गरेका दुई जनाविरुद्ध पिडितका दाइले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएकाछन् । किशोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेका थिए ।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको देखिएको अधिकारीले जानकारी दिएका छन् ।पक्राउ परेकालाई जबर्ज
काठमाडौँ / काठमाडौँको चाबहिलमा एक व्यक्तिले ६ महिनाकी गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । मकवानपुरको हेटौँडा घर भई काठमाडौँको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । त्यसपछि उनी आफैँले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । प्रहरी टोली घटना स्थलमा पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रञ्जनाको शव भेटिएको हो । श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको श्रेष्ठले स्वीकारेको प्रहरीले जनाए
चितवन //भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीया अर्जुन ढकालको धारिलो हतियार प्रहार गरि हत्या भएको हो। हवल्दार पदमा कार्यरत उनि ड्यूटीमा नै खटिरहेको समयमा धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टि गरेको स्थानीय दीपक पाठकले जानकारी गराएका छन्। ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए। ढकालको शव पोष्टमार्टमपश्चात नेपाल ल्याउने तयारी भइरहेको भन्ने कुरा आफूलाई जानकारी प्राप्त भएको भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताएका छन्। ड्यूटीको समयमा खटिएक
काठमाण्डौ // उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गरेको आरोपमा एक नक्कली कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटी जिल्ला के आई सिंह गाउँपालिका-६ का केशवराज भट्ट, परिर्वतित नामहरु (किशोर भट्ट, कुशल भट्ट) रहेका छन्। उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उपराष्ट्रपति कार्यालको नाम दुरुपयोग र ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्याउने ठगी गर्ने कार्यमा संलग्न भएको उनीमाथि आरोप छ। मह
इटहरी //कैलालीमा ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका - ८ फुलैलीका ३५ वर्षीया भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका - ३ सिंगियाका २६ वर्षीया राजु विक र ३१ वर्षीया समिर सिजापती रहेका छन्। अवैध रूपमा सुन ल्याइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार भवानी र राजुलाई पक्राउ गरेको हो। उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गर्दा कुल ४४९.९५ ग्रामको दुई वटा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापतीलाई दिएको भन्ने कुरा खुलेको जिल्
काठमाण्डौ / गरिव तथा विपन्नलाई लक्षित गरी सरकारले २० युनिटसम्म विद्युत खपत गर्नेलाई निःशुल्क दिने निर्णय गरेको छ । सरकारले कृषकलाई महशुलमा छुट दिएर उत्पादन वढाउन भन्दै थप छुटको पनि घोषणा गरेको छ ।बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निशुल्क विद्युत दिने निर्णय भएको जानकारी गराएकी छन् ।विद्युत नियमन आयोगमा निशुल्क दिने निर्णय अनुमोदनका लागि पठाईएको र अनुमोदन भएकै दिनबाट लागु हुने उनले जानकारी गराएकी छन् । सरकारले गरेको पछिल्लो निर्णय अनुशार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकलाई ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै लाग्ने छ ।स्यालो ट्यूवे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.