चितवन //भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीया अर्जुन ढकालको धारिलो हतियार प्रहार  गरि हत्या भएको हो।

OM Sai Pathibhara Hospital

हवल्दार पदमा कार्यरत उनि ड्यूटीमा नै खटिरहेको समयमा धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टि गरेको स्थानीय दीपक पाठकले जानकारी गराएका छन्।

ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए।

ढकालको शव पोष्टमार्टमपश्चात नेपाल ल्याउने तयारी भइरहेको भन्ने कुरा आफूलाई जानकारी प्राप्त भएको भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताएका छन्।

ड्यूटीको समयमा खटिएका अन्य प्रहरी जवानसँग पनि घटनाका विषयमा सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट आएको पाठकले बताएका छन्।