इटहरी //कैलालीमा ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका - ८ फुलैलीका ३५ वर्षीया भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका - ३ सिंगियाका २६ वर्षीया राजु विक र ३१ वर्षीया समिर सिजापती रहेका छन्।
अवैध रूपमा सुन ल्याइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार भवानी र राजुलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गर्दा कुल ४४९.९५ ग्रामको दुई वटा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापतीलाई दिएको भन्ने कुरा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी गराएका छन्।
लगतै प्रहरीले लगतै प्रजापतिलाई पनि पक्राउ गरेको हो।
भवानी बसका कण्डक्टर हुन् भने राजु शैलेश्वर सुनचाँदी पसलमा काम गर्छन्।
उनीहरूको साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ समेत बरामद गरेको छ।पक्राउ परेका उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने प्रहरी कार्यालयले जानकारी गराएको छ।