इनरुवा / सुनसरीको कोशी गाउँपालिका– ४ मा जङ्गली हात्तीको आक्रमणबाट परी एक जनाको मृत्यु भएको छ ।
५५ वर्षीय रामेखङ खत्वेको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहीबार बिहान शौच गर्न गएको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । खत्वेको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ ।