दमौली / कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका –१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।
जिल्ला अदालतले २०६० वैशाख ११ गते सार्कीलाई जन्म कैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।
सार्कीले टीका थापालाइ जबर्जस्ती करणी गर्दा गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए ।