पर्वत / सोह्र वर्षकी छोरीलाई हाडनाता
करणी गरेको अभियोगमा जिल्ला प्रहरी पर्वतले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पीडितका ४४ वर्षीया बुबा
र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बलात्कार गरेका दुई जनाविरुद्ध पिडितका
दाइले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र
अधिकारीले जानकारी दिएकाछन् । किशोरीलाई गत वैशाख २ गते बुबा र साउन
२३ गते काकाले बलात्कार गरेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा
पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै
नरहेको देखिएको अधिकारीले जानकारी दिएका छन् ।
पक्राउ
परेकालाई जबर्जस्ती हाडनाता करणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी
निरीक्षक अधिकारीले जानकारी दिएका छन् ।