समाचार

    Showing 24,141-24,150 of 26,050 items.
  • कानुन भन्दा माथि आरती स्ट्रिप्स : सञ्चालक सिंघलमाथि भएन कारवाही

    विराटनगर / आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि सांघातिक हमलामा संलग्न सञ्चालक सञ्जय सिंघलमाथि कानुनी कारवाही अघि नबढाई प्रहरीले रिहा गरेको छ । नेपालमाथि आक्रमणमा संलग्न सिंघल पक्राउ परेको केही घण्टामा नै रिहा भएका हुन् ।  घाईते नेपालमाथि सांघातिक हमलामा संलग्न सिंघललाई उच्च सरकारी अधिकारी र नेपाली कांग्रेस सहित ठूला पार्टीका उच्च नेताको दबाबमा प्रहरीले कानुनी कारवाही अघि नबढाई रिहा गरेको हो ।बुधबार बेलुका सिंघल नेतृत्वको समूहले नेपालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका नेपाल गम्भिर घाईते भएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ  ।आक्रमणमा संलग्न सिंघललाई प्रहर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 185 पटक पढिएको
  • अन्तत : गुन्डा नाइके गिरी विराटनगर कारागार आउन सफल

    विराटनगर / गुन्डा नाइके अभिषेक गिरीलाई कारागार स्थानान्तरण गरी विराटनगर स्थित कारागार ल्याइएको छ । विहीबार बिहान ४ बजे गिरीलाई विराटनगर कारागार ल्याइएको कारागार स्रोतले जानकारी गराएको छ ।विराटनगरकै स्थायी बासिन्दा गिरीलाई सरकार परिवर्तन लगत्तै विराटनगर ल्याउन खोजिएको थियो । कांग्रेस समर्थित गिरीलाई ल्याउने विषयमा तनाव बढेपछि डिल्लीबजार कारागारबाट ल्याइएका गिरीलाई कारागार प्रशासनले सप्तरी कारागार लगेको थियो ।कारागार भित्र रहेका गिरी समर्थक र विरोधीको प्रदर्शनका कारण कारागार भित्रै सुरक्षा चुनौती समेत पैदा भएको छ । गिरी लाई विराटनगर कारागारमा ल्याउन कांग्रेस नेताहरूले कोसिस गर्न थालेपछि शान्त रह

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 343 पटक पढिएको
  • गुडिरहेको गाडीबाट खसेर एक किशोरीको मृत्यु

    धनुषा / धनुषामा गुडिरहेको गाडी (विङ्गर)बाट खसेर एक किशोरी मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –७ भगवानपुरीकी १८ वर्षीया पुजा कुमारी महतो रहेकी छिन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना १ ज ७०४९ नम्बर को विङ्गरको ढोका छेउबाट लडेर महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । 

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 74 पटक पढिएको
  • मेचीनगरकाे ग्वाल बस्ती तीन महिना देखि अन्धकार

    झापा / झापाको मेचीनगर –१५ स्थित मेची पारीको गाउँमा तीन महिनादेखि विद्युत अवरुद्ध भएको छ ।गत भदौमा मेची खोलामा आएको बाढीले विद्युतको पोल बगाउँदा उक्त गाउँको विद्युत अवरुद्ध भएको हो ।स्थानीय ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमल यादवका अनुसार २० वर्षदेखि लगातारको पहलपछि ग्वाल बस्तीमा गत बैशाखमा पहिलो पटक विजुली पुगेको थियो । तर, गत भदौमा आएको बाढीले विजुलीको पोलसँगै २० वर्षको मेहनत समेत बगाएको अध्यक्ष यादवले बताए ।  बाढीले पोल बगाएसँगै अब फेरी गाउँमा बिजुली बत्ती कहिले बल्छ अन्योल छ । खोला क्षेत्रमा बिजुलीको पोल गाड्दा लापरवाही गरेकै कारण बाढीले यति छिट्टै पोल बगाएको स्थानीयबा

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 67 पटक पढिएको
  • आजको मौसम : उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाडौं / देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । विभागका अनुसार आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 96 पटक पढिएको
  • प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा घिमिरे निर्वाचित

    विराटनगर / प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशनबाट अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।मङ्लबार विराटनगरमा सम्पन्न अधिवेशनले अध्यक्ष घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित गरेको छ ।प्रमुख सचिवमा सुजन तिमिल्सिना, सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, सर्मिला विक, प्रमोद यादव, चिरञ्जीवी घिमिरे चयन भएका छन् ।  कोषाध्यक्षमा गोकुल पराजुली निर्विरोध भएका छन् भने प्रदेश कमिटीको लेखा समिति संयोजकको जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 90 पटक पढिएको
  • कन्काइबाट खैरो हिरोइनसहित एक पक्राउ

    बिर्तामोड / झापाको कन्काइबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका –३ का २८ वर्षीय सुप्रकाश राई रहेका छन् । उनलाई हिजो साँझ छ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले खैरो हिरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाँच ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 81 पटक पढिएको
  • सुनसरीबाट एकैदिन ४२ फरार प्रतिवादी पक्राउ

    सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएता पनि फरार रहँदै आएका ४२ जना प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी गत चार महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाको छ । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 99 पटक पढिएको
  • बारले बिहीबार जबराविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

    काठमाडौँ  / नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले बिहीबार मार्चपास गर्ने भएको हो । बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने उनले बताए । श्रेष्ठका अनुसार बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रमको आयोजना गरिँदैछ । बारले सोमबार मात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई पत्र बुझाएको थियो ।प्रधानन्याय

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 68 पटक पढिएको
  • जनगणनाको काम अन्तिम चरणमा

    काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २५ गते देखि सुरु भएको जनगणना सोमबारसम्ममा ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले भने, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको छ । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणन

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.