सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ ।
जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएता पनि फरार रहँदै आएका ४२ जना प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी गत चार महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाको छ ।
यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद सजाय र उनीबाट २६,७२,९०६ (छव्विस लाख वहत्तर हजार नौसय छ) रुपैयाँ जरिवाना असुल भएको छ ।