विराटनगर / आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि सांघातिक हमलामा संलग्न सञ्चालक सञ्जय सिंघलमाथि कानुनी कारवाही अघि नबढाई प्रहरीले रिहा गरेको छ । नेपालमाथि आक्रमणमा संलग्न सिंघल पक्राउ परेको केही घण्टामा नै रिहा भएका हुन् ।
घाईते नेपालमाथि सांघातिक हमलामा संलग्न सिंघललाई उच्च सरकारी अधिकारी र नेपाली कांग्रेस सहित ठूला पार्टीका उच्च नेताको दबाबमा प्रहरीले कानुनी कारवाही अघि नबढाई रिहा गरेको हो ।
बुधबार बेलुका सिंघल नेतृत्वको समूहले नेपालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका नेपाल गम्भिर घाईते भएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।
आक्रमणमा संलग्न सिंघललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई केही घण्टामा नै प्रहरीले कानुनी कारवाही अघि नबढाई रिहा गरेको हो ।
भारतीय लगानीको देशकै ठुलो जस्तापाता र पाइप उद्योगका सञ्चालक सिंघल नेतृत्वको समुहले नेपालमाथि हतियार समेत देखाएर आक्रमण गरेको बताईएको छ । नेपालले पनि आफूलाई बन्दुक देखाएर आक्रमण गरेको बताएका छन् । उनले सिंघलले आरतीका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएर आफूमाथि गोली प्रहार गर्न आदेश दिएको समेत दावी गरेका छन् ।
नेपालले गुप्ताले पेस्तोल देखाउँदै आफूमाथि सिघंल र निर्देशक एसपी बर्मासहितको समूहले आक्रमण गरेको बताएका छन् । उनले आफ्नो ज्यान लिने गरी भएको आक्रमणमा संलग्नलाई छाडिएकोमा आश्चर्य प्रकट गरेका छन् ।