समाचार

    Showing 24,121-24,130 of 26,050 items.
  • दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु, तीन जना घाइते

     दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु, तीन जना घाइतेम्याग्दी \ म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनप्रतिनिधि सहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका १ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जिप  सोमबार साँझ दुर्घटनामा परेको हो ।दुर्घटनामा परी गौमाया बिक, जिप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरेका छन् । दुर्घटनामा बलबहादुर बिक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 66 पटक पढिएको
  • नगद सहित दमकबाट ७ जुवाडे पक्राउ

    बिर्तामोड / झापाको दमक नगरपालिकाबाट १ लाख ५७ हजार नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल सञ्चालक पवन लिम्बु, भक्तीश्वर देवान, प्रमोद लिम्बु, रमेश महतो,बबिन सुब्बा आङदेम्वे, रुपचन्द्र राई र राज कुमार श्रेष्ठ रहेका छन् । हिजो (सोमबार) बेलुकी विशेष सूचनाको आधरमा उनिहरुलाई नगद र तीन बुङ तास सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 75 पटक पढिएको
  • प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै निमोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटार स्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 35 पटक पढिएको
  • भोजपुरमा भीरबाट लडेर एकको मृत्यु

    भोजपुर  / भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका –६ ढाडेगाँउका ६७ बर्षिय खड्ग बहादुर राई रहेका छन् । आइतबार भकिम्लो टिप्न गएका राई आजसम्म घर नफर्किँदा आफन्तहरूले खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 70 पटक पढिएको
  • मोरङमा करेन्ट लागेर एकको मृत्यु

    मोरङ / मोरङको रतुवामाई नगरपालिका –२ डोरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका –२ डोरियाका २१ वर्षीय निरन्जन कुमार सिंह रहेका छन् । आज (सोमबार) बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर सिंह घाईते भएका थिए । घाइते सिंहको उपचारको क्रममा दिउसो साढे १२ बजे रंगेली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिजुवाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 58 पटक पढिएको
  • त्रिवि भन्सार कार्यालयमा अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।उक्त कार्यकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधा भन्दा बढी परिमाण र स्वरूपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानूनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ । यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 72 पटक पढिएको
  • प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ नियुक्त

    विराटनगर / प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो । २०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्यले गत असोज १७ गते प्रदेशका मुख्यमन्त्री राई मार्फत राज

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 82 पटक पढिएको
  • आमाको कुटाईबाट छोराको मृत्यु

    विराटनगर  / मोरङमा आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका –५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउ रहेका छन् ।गत शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई उनकी आमा बातियो उराउले लट्ठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट घाइते भएका राजेन्द्रको उपचारको क्रममा आइतबार राति १० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 92 पटक पढिएको
  • करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    रूपन्देही  / बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीका ४३ वर्षीय बसन्त भुसाल रहेका छन् । भुसाल विद्युत प्राधिकरण बुटवलका कर्मचारी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर भुसालसहित सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका –१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा भुसालको सोही अस्पतालमा मृ

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 61 पटक पढिएको
  • दुई छोराछोरी सहित महिला घरभित्र मृत फेला

    जनकपुरधाम / सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छिन् । बरहथवा –१ हजरिया निवासी शिव हजारीकी २६ वर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।कविताका ४ वर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।मृतक महिलाका श्रीमान् विगत चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.