काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै निमोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटार स्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।