दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु, तीन जना घाइते
म्याग्दी \ म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनप्रतिनिधि सहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका १ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गौमाया बिक, जिप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरेका छन् ।
दुर्घटनामा बलबहादुर बिक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।