विराटनगर / मोरङमा आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका –५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउ रहेका छन् ।
गत शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई उनकी आमा बातियो उराउले लट्ठीले कुटपिट गरेकी थिइन् ।
आमाको कुटाइबाट घाइते भएका राजेन्द्रको उपचारको क्रममा आइतबार राति १० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।