विराटनगर / प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

२०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्यले गत असोज १७ गते प्रदेशका मुख्यमन्त्री राई मार्फत राजीनामा दिएका थिए ।