बिर्तामोड / झापाको दमक नगरपालिकाबाट १ लाख ५७ हजार नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटल सञ्चालक पवन लिम्बु, भक्तीश्वर देवान, प्रमोद लिम्बु, रमेश महतो,बबिन सुब्बा आङदेम्वे, रुपचन्द्र राई र राज कुमार श्रेष्ठ रहेका छन् । हिजो (सोमबार) बेलुकी विशेष सूचनाको आधरमा उनिहरुलाई नगद र तीन बुङ तास सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।