काठमाडौं । नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले सहमतिको विकल्प नरहेको बताएका छन् ।सभामुख घिमिरेले संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन पाउनु भएको छैन। आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको सभामुख घिमिरेको भनाई छ ।सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन् दलका प्रमु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय संसद्मा बार्गेनिङ मात्रै चलेको बताएका छन् ।आज दिउँसो बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्नसम्म नबसेपछि सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।सभापति लामिछानेले संसद् नियमित चल्न नसक्नु दु:खद् भएको बताए।सभापति लामिछानेले लेखेका छन्,’वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन गर्नु पर्ने छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’उनले कयौं कानून बनाउनु प
झापा । उपचारका क्रममा सोमवार कञ्चनजंघा अस्पताल बिर्तामोडमा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ बर्षिय पुजा कोचकारको मृत्यु भएको थियो । घरमा अरुवेला समेत झगडा परिरहने भएकोले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमतीको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेसगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मृतक कोचकारको शवलाई जलाउन तयारी अवस्थाको शवलाई थप अनुसन्धानका लागि लगेको छ ।कुटपिटबाट श्रीमतीको मृत्यु भएको भन्ने स्थानियको मौखिक उजुरीपछि सोमवार कनकाई माईको घाटमा दाहसस्कार गर्न लगेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पोस्टम्याटमका लागि मेची प्रादेशिक
काठमाडौं / क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका- ६ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका- ३ बस्ने २७ वर्षीया फुलमाया जिरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिरेलले १ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनु
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बाहिरिएको एक सय किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ । ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै
काठमाडौं / लगातार स्थगित हुँदै आएको राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म लागि स्थगित भएको हो ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति माग राख्दै विरोध जनाएका थिए । राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ ।
बिर्तामोड / झापाको दमक नगरपालिका- ९ चिया बगान स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय रोहित गौतम रहेका छन् । लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौतमलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर १ ग्राम बरामद गरेसँगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवकको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिज
काठमाडौँ / दुई महिनाको नाबालकको हत्या आरोपमा प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु बिक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । गत साउन १८ राति बिक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्नेक्रममा आफ्नै घरभित्र भुईँमा खसेर बजारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प
काठमाडौँ / सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने भएका हुन् । एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ- आफ्नो अडान कायम राखेपछि उनले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् ।
काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व सचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.