झापा  ।  उपचारका क्रममा सोमवार कञ्चनजंघा अस्पताल बिर्तामोडमा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ बर्षिय पुजा कोचकारको मृत्यु भएको थियो ।

घरमा अरुवेला समेत झगडा परिरहने भएकोले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमतीको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेसगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मृतक कोचकारको शवलाई जलाउन तयारी अवस्थाको शवलाई थप अनुसन्धानका लागि लगेको छ ।

OM Sai Pathibhara Hospital

कुटपिटबाट श्रीमतीको मृत्यु भएको भन्ने स्थानियको मौखिक उजुरीपछि सोमवार कनकाई माईको घाटमा दाहसस्कार गर्न लगेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोस्टम्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताए ।


यता कञ्चनजंघा अस्पताल बिर्तामोडका डाक्टर प्रमोदकुमार शाहले उपचारका लागि ल्याइएको बिरामिको लिभरमा समस्या देखिएको अन्तिम अवस्थामा ल्याएको र सोही कारण उपचारका क्रममा मृत्यु भएको बताएका छन ।


कनकाई नगरपालिका ३ निवासी ५० बर्षिय चोपेन्द्र कोचकारका २ श्रीमती मध्ये मृतक कान्छी श्रीमती हुन । उनीहरुका एक १० बर्षिय छोरा समेत रहेको छ।

यस अघि श्रीमान श्रीमतीविच मादक पदार्थ सेवन गरेर झगडा हुने गरेको स्थानीयको भनाई रहेको छ ।


घटनावारे प्रहरीले अनुसन्धान थालेको र पोस्टम्याटम रिर्पोट आएपछि थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।