काठमाडौं / भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँदिल्लीबाट भर्चुअल पत्रकार सम्मेलन गरेपछि भारत–बंगलादेश सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने संकेत देखिएको छ।

हसिनाले सम्मेलनमार्फत आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्दै गिरफ्तारी, कारावास वा मृत्युको जोखिमसमेत स्वीकार गर्न तयार रहेको बताएकी थिइन्। उनले बंगलादेश फर्केर जनताको साथमा उभिने र आफ्नो राजनीतिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। तर हसिनाले भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिएको विषयलाई लिएर बंगलादेश सरकारले असन्तुष्टि जनाएको छ।

कूटनीतिक स्रोतहरूका अनुसार यस घटनाले दुई देशबीचको सम्बन्धमा थप चिसोपना ल्याउन सक्ने आकलन गरिएको छ। यता भारत सरकारले भने उक्त पत्रकार सम्मेलनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सम्मेलनमा व्यक्त विचारहरू भारत सरकारको धारणा नभएको उल्लेख गर्दै भारतीय भूमिबाट कुनै सार्वभौम राष्ट्रविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गर्न नदिने नीति कायम रहेको बताएका छन्।

गत वर्ष बंगलादेशमा भएको व्यापक आन्दोलनपछि सत्ता गुमाएकी हसिना भारतमा बस्दै आएकी छन्। उनले स्वदेश फर्किएपछि आफूलाई पक्राउ गर्न, जेल हाल्न वा राजनीतिक उद्देश्यले मुद्दा लगाउन सकिने सम्भावना स्वीकार गरे पनि त्यसबाट नडराउने बताएकी छन्।

बंगलादेशमा सन् २०२४ को आन्दोलनपछि हसिनाको सरकार पतन भएको थियो। त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो भने फेब्रुअरी २०२६ मा सम्पन्न संसदीय निर्वाचनपछि बंगलादेश नेसनालिस्ट पार्टी बीएनपी सत्तामा आएको थियो। वर्तमान सरकारले हसिनाले लगाउँदै आएका राजनीतिक प्रतिशोधका