काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।
सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग नियन्त्रण०विधेयक, २०८३’ सभा समक्ष पेस गर्ने छिन् ।






































