काठमाडौँ / दुई महिनाको नाबालकको हत्या आरोपमा प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु बिक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

गत साउन १८ राति बिक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्नेक्रममा आफ्नै घरभित्र भुईँमा खसेर बजारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ  । प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो ।

OM Sai Pathibhara Hospital

त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।