काठमाडौं / लगातार स्थगित हुँदै आएको राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म लागि स्थगित भएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति माग राख्दै विरोध जनाएका थिए । राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ ।