काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय संसद्‍मा बार्गेनिङ मात्रै चलेको बताएका छन् ।Screenshot_2023_0807_181912

आज दिउँसो बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्नसम्म नबसेपछि सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

OM Sai Pathibhara Hospital

सभापति लामिछानेले संसद् नियमित चल्न नसक्नु दु:खद् भएको बताए।

सभापति लामिछानेले लेखेका छन्,’वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन गर्नु पर्ने छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’

उनले कयौं कानून बनाउनु पर्ने र जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुपर्ने भए पनि संसद्‍मा बार्गेनिङ मात्रै चलेको बताए । संसद्मा जारी गतिरोध अन्त्य गर्न भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो । विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन ।

सुन तस्करीको उच्चस्तरीय छानबिन माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अबरुद्ध गरेको थियो । त्यससताका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।