काठमाडौं । नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले सहमतिको विकल्प नरहेको बताएका छन् ।

सभामुख घिमिरेले संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद्‌लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन पाउनु भएको छैन। आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको सभामुख घिमिरेको भनाई छ ।

OM Sai Pathibhara Hospital

सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन् दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा बसेता पनि सहमती जुट्न नसके पछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो ।

सभामुख घिमिरेका अनुसार प्रमुख तिन दलका शीर्ष नेताहरुको अर्को बैठक मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।