काठमाडौँ / सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने भएका हुन् । एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्दै आएको छ । 

सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ- आफ्नो अडान कायम राखेपछि उनले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् ।