बिर्तामोड / झापाको दमक नगरपालिका- ९ चिया बगान स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय रोहित गौतम रहेका छन् ।

लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले   गौतमलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर १ ग्राम बरामद गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका युवकको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।