समाचार

    Showing 17,881-17,890 of 25,935 items.
  • झापाको काकडभिट्टाबाट भरतपुर हिँडेको बस पथरिमा दुर्घटना

    झापा । झापाबाट हिडेको बस पथरिमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।काकडभिट्टाबाट भरतपुर हिँडेको ना. ६ ख. ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।झापा काकडभिट्टाबाट हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार राती करिब ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । 

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 383 पटक पढिएको
  • पुंगी खोला सौन्र्दयकरण रेनु दाहालले गरिन शिलान्यास

    हेटौडा । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरिन।भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन।भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहाल

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 722 पटक पढिएको
  • जानकी मन्दिरको गेट नजिकै एक पुरुषको शव फेला

    जनकपुर । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।अन्दाजी ५५/५६ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 210 पटक पढिएको
  • मृत भेटिएकि महिलाको हत्यामा सम्लग्न प्रसाईंलाई प्रहरिले सार्बजनिक गर्यो

    झापा  ।   माया पुलामी मगर माघ ८ गते बिहान करिब ६ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ६, बिहानी टोलस्थित बिग ब्रदर व्याडमिण्टन हलको ढोका छेउमा मृत फेला परेकी थिइन् ।इलामको माई नगरपालिका माइती घर भई बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा डेरा गरि बस्ने माया पुलामी मगर शारीरिक सम्पर्क अस्वीकार गर्दा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एक जनालाई पक्राउ गरी आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको छ ।प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ८ का ४६ बर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो । शनिबार बिर्तामोड–५, हर्कलाल मार्गस्थित ए

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 340 पटक पढिएको
  • बाघको आक्रमणबाट एक महिला घाईते

    स्याङ्जा   ।  वालिङमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन।स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १४ डाडाखर्क जामुनेमा बाघको आक्रमण बाट स्थानिय  एक महिला घाईते भएकि छिन भने एउटा बाख्रा मारेको छ । घाईते महिलाको वालिङ गह्रौघ्याङ्लिङ अस्पतालमा उपचार भईरहेको छ । महिलाको नाम खुलेको छैन।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 214 पटक पढिएको
  • गायिका रचना रिमाल चडेको गाडी दुर्घटना

    नेपालगन्ज  ।  गायिका रचना रिमाल चडेको गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा १६ च ८३४३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो ।रिमाल सवार स्कार्पियोलाई बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले ठक्कर दिएकाे  थियो। आज(आइतबार) बेलुका ४:४५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गैरहेको ट्रकले स्कर्पियोलाई ठक्कर दिएको थियो। गाडी दुर्घटनामा पर्दा गायिका रिमाल सङ्गै  तीन जना सवार थिए सवार कसैलाइ नि केही भएको छैन । रिमाल नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै थिइन् ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 1,274 पटक पढिएको
  • श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका गुरागाँई मृत फेला

    इलाम  ।   श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका पाँचथरको फालेलुङ गाउँपालिका-२ जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाँई मृत फेला परेका छन् । उनले शनिबार साँझ श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएर घरबाट हिडेका थिए । रातभर घर नआएका उनी आइतबार विहान घर नजिकै खन्युको रुखमा झुण्डिएको अवस्थामा फेला परेका पाँचथर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 196 पटक पढिएको
  • भिजिट भिसाको सेटिङमा संलग्न सात जना अधिकृतहरू विरुद्ध पक्राउ पुर्जी

    काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न सात जना अध्यागमन अधिकृतहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरू विरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ । प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठीत रूपमै भिजिट भिसाको सेटिङ चलेको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनु

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 219 पटक पढिएको
  • ट्राफिक प्रहरी र सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढिद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    भद्रपुर  ।  सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढि र ट्राफिक प्रहरी चन्द्रगढि झापाको सम्यूक्त आयोजनामा आज (आइतबार) लेखनाथ चाैकमा स्थानीय बासि, टेम्पो चालकहरूलाई दुर्घटना न्यूनिकरण गर्ने उध्देस्यका साथ ट्राफिक नियम सम्बन्धि  र लागू ओेैषध सम्वन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ। साथै ट्राफिक प्रहरिले जनचेतना मुलक पर्चा, पम्पेल्ट वितरण गरि चन्द्रगढी ट्राफिक  कार्यालय प्रमुख  जनक तिम्सिनाले प्रशिक्षण दिएका थिए।कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठककाे अध्यक्षतामा सम्पन्न भएको थियो।  ट्राफिक प्रहरी चन्द्रगढी कार्यलयका प्रहरी, टेम्पो

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 316 पटक पढिएको
  • सरकारले हुलाकका १७ सय स्थायी दरबन्दी काटेर, ११ हजार हुलाकीलाई बिदागर्दै

    काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ७ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गर्न प्रस्ताव गरेको छ ।चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सरकारले जिल्ला र इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन गरेको हो ।संगठन तथा व्यवस्थापन सर्भेमार्फत हुलाकको दरबन्दी कटौती गर्ने गरी तयारी पूरा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले बताए । करिब १ हजार ६७५ दरबन्द

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 346 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.