नेपालगन्ज  ।  गायिका रचना रिमाल चडेको गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा १६ च ८३४३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो ।

रिमाल सवार स्कार्पियोलाई बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले ठक्कर दिएकाे  थियो। आज(आइतबार) बेलुका ४:४५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गैरहेको ट्रकले स्कर्पियोलाई ठक्कर दिएको थियो।

गाडी दुर्घटनामा पर्दा गायिका रिमाल सङ्गै  तीन जना सवार थिए सवार कसैलाइ नि केही भएको छैन । रिमाल नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै थिइन् ।FB_IMG_1706446862139FB_IMG_1706444636485Screenshot_2024_0128_184415