मकवानपुर / त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३—००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका थिए । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मुत्यु भएको छ । ट्रकमा सवार चालक मकवानपुर, राक्सिराङ–९ का २३ को रंजीत कार्की र काका नाता पर्ने ३६ वर्षीय अर्जुन घाइते भएकामा उद्धार गरी उपचारको लागि हेटौँडा ल्याइएको थियो ।

हेटौँडा अस्पतालका चिकित्सकले बिहान ९ः१५ बजे अर्जुनलाई मृत घोषणा गरेका हुन् ।