इलाम  ।   श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका पाँचथरको फालेलुङ गाउँपालिका-२ जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाँई मृत फेला परेका छन् ।

उनले शनिबार साँझ श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएर घरबाट हिडेका थिए । रातभर घर नआएका उनी आइतबार विहान घर नजिकै खन्युको रुखमा झुण्डिएको अवस्थामा फेला परेका पाँचथर प्रहरीले जनाएको छ ।