झापा  ।   माया पुलामी मगर माघ ८ गते बिहान करिब ६ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ६, बिहानी टोलस्थित बिग ब्रदर व्याडमिण्टन हलको ढोका छेउमा मृत फेला परेकी थिइन् ।

इलामको माई नगरपालिका माइती घर भई बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा डेरा गरि बस्ने माया पुलामी मगर शारीरिक सम्पर्क अस्वीकार गर्दा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एक जनालाई पक्राउ गरी आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ८ का ४६ बर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो । शनिबार बिर्तामोड–५, हर्कलाल मार्गस्थित एक निर्माणाधिन घरमा रहेको डेराबाट प्रसाईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईले आफुले हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आज पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको छ । बिबाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६  महानन्द चोक पश्चिम मगरको हत्या गरेका थिए । आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ती हुन् । छोरा बुहारीसग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध सम्बन्ध राखेको खुलेको छ ।

बिर्तामोडका डीएसपी सुरज कार्कीले निज प्रसाईलाई ७ सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको बताएका छन ।