समाचार

    Showing 16,561-16,570 of 25,875 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकि भु-भागका थोरे स्स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ छ। कोशी ,बाग्मती र कर्नाली प्रदेशका एक\दुई स्थानमा

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 330 पटक पढिएको
  • संविधान दिवसमा ४९२ जना कैदी रिहा गर्न सिफारिस

    काठमाडौं- यस वर्ष संविधान दिवसका अवसरमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस गरिएको छ । कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निणर्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।सिफारिस हुनेमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जना रहेका छन् ।विभागले एक सूचना जारी गर्दै कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र सूचना दिन आह्वान गरेको छ । फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 261 पटक पढिएको
  • संसद भवन निर्माण कार्यप्रगतिमा सभामुखको असन्तुष्टी :अझै डेढ वर्ष सकिएला जस्तो छैन

    काठमाडौं- सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै सभामुखले असन्तुष्टि जनाएका हुन् । निर्माणाधिन नयाँ संसद भवनको आज निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे । उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबा

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 355 पटक पढिएको
  • कानून नहुँदा प्रदेशले आफ्नो उपस्थिति देखाउन सकेन : मुख्यसचिव अर्याल

    काठमाडौं- नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यसचिव अर्यालले सङ्घीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै नै समस्याहरु भएको भन्दै कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको बताए । उनले प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर परेको जिकिर गरे । कानून नहुँदा प्रद

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 260 पटक पढिएको
  • हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालन

    काठमाडौं–मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खसेपछि अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, पहिरो पन्छाइ सकेपछि यातायात सुचारु गरिएको हो । हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड र पूर्वपश्चिम राजमार्गमा पनि यातायात सञ्चालनमा रहेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 248 पटक पढिएको
  • कान्तिलोकपथ अवरुद्ध, राप्ती खोलामा अलपत्र चार जनाको उद्धार

    काठमाडौं–वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ। मकवानपुरको लाम्राङमा पहिरो खस्दा सडकमा आवतजावत रोकिएको हो। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको छ।यस्तै, मकवानपुरको डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ। घाँस काट्न गएका ती व्यक्तिहरू बाढीसँगै बगरको बीचमा अलपत्र परेका थिए। इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जनाएको छ। 

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 257 पटक पढिएको
  • धुलिखेल–खावा सडकखण्डमा दुई दिन मालवाहक सवारी सञ्चालन बन्द

    काठमाडौं–अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा दुई दिनका लागि टिपर र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सडक मर्मतलाई निरन्तरता दिन आज र भोलि यो प्रतिबन्ध लगाएको हो । बर्खाको समयमा निर्माणको लापरबाहीले सडक जीर्ण भएपछि काठमाडौँबाट काभ्रेपलाञ्चोक‚ सिन्धुपाल्चोक‚ दोलखा‚ र चीन जोड्ने तातोपानी नाका जाने मुख्य सडक जोखिमपूर्ण बनेको छ । स्थानीयको विरोधपछि कार्यालयले सवारी साधनलाई रोक्दै निर्माणलाई निरन्तरता दिने निर्णय गरेको हो । वैकल्पिक मार्गको रूपमा साना सवारीसाधनलाई नगरकोट–कुन्ताबेंसी–जिरोकिलो र बनेपा–पाँचखालबाट आवतजावत गर्न सुझाइएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 199 पटक पढिएको
  • ढोरपाटनमा सिकार याम खुला, १२ नाउर, ८ झारल र ११ बँदेलको कोटा

    काठमाडौं–ढोरपाटन सिकार आरक्षणले आगामी असोजदेखि सुरु हुने पहिलो सिकार यामका लागि टेण्डर आव्हान गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर‚ ८ झारल‚ र ११ बँदेल सिकार गर्न टेण्डर खोलिएको प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराए । टेण्डरको म्याद १५ दिनको हुनेछ र प्रक्रिया पूरा भएपछि सिकार सुरु हुनेछ । विदेशी सिकारीहरूको रुचि भएको यो आरक्षणमा गत वर्ष रु ४ करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको थियो । सिकार आरक्षण बागलुङ‚ पूर्वी रुकुम‚ र म्याग्दी तीन जिल्लामा फैलिएको छ र विभिन्न प्रजातिका जनावर र चरा पाइन्छन् ।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 177 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, गण्डकी प्रदेशका एक\दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज रात

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 374 पटक पढिएको
  • कार खोल्सामा खस्दा २ जना घाइते

    पोखरा  ।  पोखरा ११ मा बुधबार राति कार पार्किङ गर्ने क्रममा खोल्सामा खस्दा २ जना घाइते भएका छन् ।राति पौने ८ बजेको समयमा पोखरा ११, मेडिपल्स हस्पिटल पछाडि पार्किङमा ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्नेक्रममा पोखरा ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनकी ४ वर्षीया छोरी शीतल खोल्सामा खसेका हुन् ।करिब २० मिटर तल खोल्सामा एक्कासि खसेपछि वडा प्रहरी कार्यालय रामबजार र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरिएको छ । कार भने निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 461 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.