काठमाडौं–अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा दुई दिनका लागि टिपर र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सडक मर्मतलाई निरन्तरता दिन आज र भोलि यो प्रतिबन्ध लगाएको हो । 

बर्खाको समयमा निर्माणको लापरबाहीले सडक जीर्ण भएपछि काठमाडौँबाट काभ्रेपलाञ्चोक‚ सिन्धुपाल्चोक‚ दोलखा‚ र चीन जोड्ने तातोपानी नाका जाने मुख्य सडक जोखिमपूर्ण बनेको छ ।

OM Sai Pathibhara Hospital

स्थानीयको विरोधपछि कार्यालयले सवारी साधनलाई रोक्दै निर्माणलाई निरन्तरता दिने निर्णय गरेको हो । वैकल्पिक मार्गको रूपमा साना सवारीसाधनलाई नगरकोट–कुन्ताबेंसी–जिरोकिलो र बनेपा–पाँचखालबाट आवतजावत गर्न सुझाइएको छ ।