काठमाडौं–मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खसेपछि अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, पहिरो पन्छाइ सकेपछि यातायात सुचारु गरिएको हो । हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड र पूर्वपश्चिम राजमार्गमा पनि यातायात सञ्चालनमा रहेको छ ।