पोखरा  ।  पोखरा ११ मा बुधबार राति कार पार्किङ गर्ने क्रममा खोल्सामा खस्दा २ जना घाइते भएका छन् ।

राति पौने ८ बजेको समयमा पोखरा ११, मेडिपल्स हस्पिटल पछाडि पार्किङमा ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्नेक्रममा पोखरा ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनकी ४ वर्षीया छोरी शीतल खोल्सामा खसेका हुन् ।

OM Sai Pathibhara Hospital

करिब २० मिटर तल खोल्सामा एक्कासि खसेपछि वडा प्रहरी कार्यालय रामबजार र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरिएको छ । कार भने निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।