काठमाडौं- यस वर्ष संविधान दिवसका अवसरमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस गरिएको छ । 

कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निणर्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

सिफारिस हुनेमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जना रहेका छन् ।

विभागले एक सूचना जारी गर्दै कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र सूचना दिन आह्वान गरेको छ । 

फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न सकिने व्यवस्था छ ।

सिफारिस गरिएका नाम अब गृहले सिफारिसका लागि मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निणर्य गरेपछि अन्तिम निणर्य तथा स्वीकृति राष्ट्रपतिले गर्नेछन् ।