काठमाडौं–ढोरपाटन सिकार आरक्षणले आगामी असोजदेखि सुरु हुने पहिलो सिकार यामका लागि टेण्डर आव्हान गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर‚ ८ झारल‚ र ११ बँदेल सिकार गर्न टेण्डर खोलिएको प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराए । टेण्डरको म्याद १५ दिनको हुनेछ र प्रक्रिया पूरा भएपछि सिकार सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

विदेशी सिकारीहरूको रुचि भएको यो आरक्षणमा गत वर्ष रु ४ करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको थियो । सिकार आरक्षण बागलुङ‚ पूर्वी रुकुम‚ र म्याग्दी तीन जिल्लामा फैलिएको छ र विभिन्न प्रजातिका जनावर र चरा पाइन्छन् ।