समाचार

    Showing 16,461-16,470 of 23,767 items.
  • चिनियाँ पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

    काठमाण्डौ   ।   एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए । गत वर्षको अन्त्यसम्म चीनको नम्बर २ स्थानमा रहेका ली शक्तिशाली नेता सी जिनपिङको नेतृत्वमा सन् २०१३ देखि यस वर्षको मार्चसम्म एक दशकसम्म देशको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेताहरूको भुमिकाको क्रममा लीको समय भने गत अक्टोबरमा समाप्त भएको थियो, जब उनलाई पार्टीको केन्द्रीय समि

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 193 पटक पढिएको
  • मन्त्रिपरिषदमा हुने नीतिगत भ्रष्टाचार बढ्यो, आयोगको सुझाब

    काठमाडौँ । पछिल्लो समय नीतिगत भ्रष्टाचार बढ्दो छ । व्यक्तिका लागि सरकारले नीति नै परिवर्तन गरेर लाभ पुर्‍याउने प्रवृत्ति बढेको हो । मन्त्रिपरिषदबाट हुने निर्णयमा छानबिन नहुने हुँदा यस्तो प्रवृत्ति बढेको विभिन्न प्रतिवेदनले औँल्याएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उच्चपदस्थ पदाधिकारीहरूले मन्त्रालयबाट गर्न सकिने प्रशासनिक र सार्वजनिक खरिदसम्बन्धी विषयलाई समेत निर्णयका लागि मन्त्रिपरिषद्मा पुर्‍याई कानुनको भावना विपरीत कार्य गर्ने गरेको देखिएको छ । मन्त्रिपरिषद् वा अन्य निकायका निर्णयहरूलाई नीतिगत निर्णय हो या होइन भन्ने कुरा स्पष्ट पार्न निर्णयको वर्गीकरण र व्याख्या सम्बन्धमा आव

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 1,136 पटक पढिएको
  • कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला

    काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा रहेको भन्दै सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।“हामी यो घटनालाई उच्च मह

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 198 पटक पढिएको
  • आजदेखि कार्यालय खुल्ने, सकियो दसैँ बिदा

    काठमाडौं   ।     सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशी सम्म बिदा दिएको थियो । सरकारले दिएको बडादसैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् ।आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 272 पटक पढिएको
  • इजरेली आक्रमणमा सात हजार बढीको मृत्यु

    काठमाडौँ । अक्टोबर ७ मा इजरेलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरेली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सन् २००५ मा इजरेलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् ।अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरेलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बना

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 216 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 201 पटक पढिएको
  • दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता युवकको शव फेला

    काठमाण्डौ   ।    रूपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए।दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।अजयको शव आज बिहिबार भेटिएको हो । सो दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । सो स्थ

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 134 पटक पढिएको
  • दशैँमा पनि धर्नामा एक परिवार जो १ सय ३२ दिनदेखि न्यायका लागि लड्दै

    काठमाडौं । दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका-८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भएको छ।दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् । दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, "के दशैँ के चाडवा

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 186 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा मौसम सफा रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।आज दिउसो बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।बेलुका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने  विभागले जनाएको  छ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 194 पटक पढिएको
  • यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल ठोक्किदा १२ जना घाइते

    काठमाण्डौ  ।   गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल ठोक्किएको छ। बुधबार तीन वटा सवारी ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल उछिट्टिएर काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोकिन पुगेको हो।दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गागाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र प

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 138 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.