काठमाडौं–अनामनगरस्थित धोबिखोलामा आइतबार साँझ खसेको ट्याक्सी फेला परेको छ । ट्याक्सीमा चालक मात्रै सवार रहेको र उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

ट्याक्सी साँझ करिब ८ बजे धोबिखोलामा खसेको थियो। प्रहरीका अनुसार चालकलाई हनुमानस्थान भाटभटेनी नजिकैबाट उद्धार गरिएको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीले ट्याक्सीलाई सूर्यकार्पेट नजिकैको थापाथली–बानेश्वर जोड्ने पुलमुनि अड्किएको अवस्थामा फेला पारेको जनाएको छ ।