काठमाडौं- सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निणर्य गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निणर्य गरेको हो । 

OM Sai Pathibhara Hospital

आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।   

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने भएको हो ।