काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले भोली चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । 

तत्कालिन दिर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्दै बजेट सार्वजनिक गर्न लागिएको हो । 

OM Sai Pathibhara Hospital

मुख्यमन्त्री कमल बहादुर शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो । 

सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए । 

अघिल्लो सरकारले चालू आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो ।