काठमाडौं–झापाको कमल गाउँपालिका–७ का ४२ वर्षीय राम कुमार जिमीलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले तीन जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।