काठमाडौं— नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। 


OM Sai Pathibhara Hospital

गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ३२ मतले पराजित गरे । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गरे । 


उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।