समाचार

    Showing 16,441-16,450 of 25,875 items.
  • संसद्‌को बर्से अधिवेशमा २०६ घण्टा २५ मिनेटमा के के भयो छलफल

    काठमाडौं— संघीय संसद्को चालु बर्से अधिवेशन अन्त्य भएको छ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्से अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको हो । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन सोमबारसम्म १३० दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यो बीचमा भए गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा संक्षिप्त जानकारी गराए । जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुईपटक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ । यस अधिवेशनमा प्रतिनिधि सभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधे

    • प्रकाशित मितिः असोज १, २०८१
    • 422 पटक पढिएको
  • चाडपर्वका बेला प्रभावकारी सुरक्षा व्यवस्था गर्न महानिरीक्षक कुँवरको निर्देशन

    काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चाडपर्वका समयमा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्थाको निर्देशन दिएका छन् । सोमबार काठमाडौं उपत्यका र प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठकमा उनले सुरक्षा योजना निर्माण, जनशक्ति तयारी, र ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले तस्करी र चोरी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने र सिमान्तकृत वर्गलाई प्राथमिकता दिनुपर्ने पनि जोड दिए । चाडपर्वको अवसरमा सवारी दुर्घटना न्यूनिकरणका लागि समन्वय र योजनाबद्ध कार्यान्वयन गर्न उनको निर्देशन थियो । नेपाल प्रहरी प्रधान कार्यालयका प

    • प्रकाशित मितिः असोज १, २०८१
    • 544 पटक पढिएको
  • महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन डा. राणा क्यानाडा प्रस्थान

    काठमाडौं–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा क्यानाडाको टोरन्टो प्रस्थान गरकी छिन् । राणा सोमबार सेप्टेम्बर १९ र २० मा आयोजना हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन क्यानाडा गएकी हुन् ।  क्यानाडा र जमैकाको आयोजनामा हुने यस बैठकमा १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री डा. राणाले यस अवसरमा राजनीति, नेतृत्व र सार्वजनिक पदमा महिलाहरूको उपस्थिति र चुनौतीबारे सम्बोधन गर्नेछिन् । क्यानाडा भ्रमणपछि डा. राणा संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन सेप्टेम्बर २१ मा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको छ । महासभामा प्रधानमन्त्री

    • प्रकाशित मितिः असोज १, २०८१
    • 359 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा

    • प्रकाशित मितिः असोज १, २०८१
    • 378 पटक पढिएको
  • वरिष्ठतम् न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस

    काठमाडौं–संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उपसभामुख इन्दिरा राना मगरले यो निर्णयको जानकारी गराएकी हुन्।सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी असोज १९ गते सकिँदैछ। न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदका लागि वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो। अब राउतको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ। समितिबाट अनुमोदन भएपछि राष्ट्रपति उनलाई प्रधानन्यायाधी

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 290 पटक पढिएको
  • नदी किनारमा २० मिटर छाड्नुपर्ने फैसला पुनरावलोकन गर्न माग

    काठमाडौं- काठमाडौं उपत्यकाका खोला तथा नदी किनारमा थप २० मिटर जग्गा छाड्नुपर्ने भन्दै सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा गएको छ ।सर्बोच्चको फैसला त्रुटिपूणर् र नजीरको प्रतिकुल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट आज सचिव फणीन्द्र गौतमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन् । न्याय प्रशासन ऐन, २०७३ अनुसार सर्वोच्च अदालतको फैसला अन्तिम हुने उल्लेख छ । तर सर्वोच्चले नै प्रतिपादन गरेको नजीरसँग बाझिएमा, नयाँ तथ्य वा प्रमाण फेला परेमा, फैसलामा गम्भीर त्रुटि भेटिएमा फैसलाको पुरावलोकन हुने व्यवस्था छ । सरकारले रिट निवेदकले जिकिर नै

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 340 पटक पढिएको
  • उपसभामुखबारे प्रधानमन्त्रीको प्रश्न : प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो ?

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् । संसदमा प्रश्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको ओलीको भनाई थियो । उपसभामुख इन्दिर रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय आजको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनि प्रश्न समेत गरे । कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गाली गलौजको शैलीमा प्रश्तुत हुने कुरा शोभनीय न

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 394 पटक पढिएको
  • नागरिकता सम्बन्धी समस्या सम्बोधन गर्न समिति गठन

    काठमाडौं- सरकारले नागरिकता सम्बन्धी समस्याहरुको सम्बोधन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।गृह मन्त्रालयले मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको मन्त्रालयका सचिव गोकणर्मणि दुवाडीले जानकारी दिए । नयाँ संविधान जारी भएपछि नागरिकता ऐन र नियमावलीमा परिमार्जनहरु भइसकेको र सो ऐन, नियममा भएका परिमार्जनहरुलाई कार्यविधिमा उतारेर नागरिकतासँग सम्बन्धित समस्या सम्बोधन गर्ने प्रयत्न मन्त्रालयले गरिरहेको उनले बताए । नागरिकता सम्बन्धमा समस्या र समाधानको अध्ययन, विश्लेषण गरी रेर ऐन र नियमलाई कार्यान्वयन गर्न आवश्यक कार्यविधि बन

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 549 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक जारी, प्रधान्यायाधीश सिफारिसको सम्भावना

    काठमाडौं - संवैधानिक परिषद्को बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ ।यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो ।प्रधानमन्त्री अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।यो बैठक २८ भदौमा भएको बैठकको निरन्तरता हो, जसमा कुनै निणर्य नगरी समाप्त भएको थियो । प्रधानन्यायाधीश विश्

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 451 पटक पढिएको
  • लुम्बिनी निजामती सेवा ऐेन संशोधन विधेयक पारित

    दाङ- लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको आज बसेको  बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको प्रस्ताव सर्वसम्मति पारित भएको हो ।प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको संशोधन विधेकयमा ५ वटा संशोधन परेका थिए । सो दिन बसेको दोस्रो बैठकले ती संशोधनलाई प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निणर्य गरेको थियो ।समिति सभापति दिलकुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 405 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.