दाङ- लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । 

प्रदेश सभाको आज बसेको  बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको प्रस्ताव सर्वसम्मति पारित भएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको संशोधन विधेकयमा ५ वटा संशोधन परेका थिए । सो दिन बसेको दोस्रो बैठकले ती संशोधनलाई प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निणर्य गरेको थियो ।

समिति सभापति दिलकुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेश सभाको आजको बैठकमा पेस गरेकी थिइन् ।

२०८० असार २२ गते प्रदेश सभामा पेस भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । 

यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेको थियोे । 

यसैबीच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेश सभाबाट स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।