काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चाडपर्वका समयमा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्थाको निर्देशन दिएका छन् । सोमबार काठमाडौं उपत्यका र प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठकमा उनले सुरक्षा योजना निर्माण, जनशक्ति तयारी, र ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका हुन् । 

उनले तस्करी र चोरी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने र सिमान्तकृत वर्गलाई प्राथमिकता दिनुपर्ने पनि जोड दिए । चाडपर्वको अवसरमा सवारी दुर्घटना न्यूनिकरणका लागि समन्वय र योजनाबद्ध कार्यान्वयन गर्न उनको निर्देशन थियो । नेपाल प्रहरी प्रधान कार्यालयका प्रमुख अधिकारीहरूले पनि समसामयिक विषयमा निर्देशन दिएका छन् ।